चितवन । चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ । यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।
प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।
आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र