एजेन्सी।अमेरिकामा घर जग्गाको कारोबार घटेको छ । एक तथ्याङ्क अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो । अमेरिकाको नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो ।अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्त्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ । कोभिड–१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशास्त्रीहरूले जनाएका छन् ।
‘संसारलाई झैँ अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड–१९ ले असर गरेको छ, मानिसहरूको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरू अहिले बाँच्नका लागि अर्थात जीविकोपार्जनका लागि मात्रै पैसा कमाइरहेका छन् भने झैँ अवस्था देखा परेको छ, जसको परिणाम स्वरूप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशास्त्री निक जोन्सनले भने ।विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ । एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो ।तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो
अमेरिकाकी संसदमा जन्मजात नागरिकतामाथि रोक लगाउने विधेयक पेस
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा