दाङमा १६ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, १४ : २१
दाङमा १६ वर्षीया किशोरी  बलात्कृत

दाङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका-१३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस