गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट गत पुस महिनामा धुमधामसँग परीक्षण उडान गरिए पनि नियमित उडान भने अझै सुरु हुन सकेको छैन । परीक्षण उडानको १५ दिनमै नियमित उडान गर्ने भनिए पनि झण्डै ४ महिना बितिसक्दा समेत नियमित उडानको टुङ्गो छैन ।
यो विमानस्थलमा सुरुमा तारा एयरले उडान गर्न खोजेको थियो । तर, पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि ताराले समेत आफ्नो योजना पछाडि धकेलेको हो । त्यसपछि नेपाल एयरलाइन्सले गुल्मीमा नियमित उडानको तयारी गरेको थियो । तर, यहाँ तत्काल उडानको अनुमति नपाएपछि उडान प्रभावित बनेको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडानको मिति पटक९पटक टर्ने गरेको छ । विमानस्थलको सम्पूर्ण निर्माण कार्य गरेर परीक्षण उडान पनि गरियो । तर अहिले नियमित उडान हुन सकेको छैन । २५ जेठ २०७५ मा तारा एयरको जहाजले धुले उडान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०७ बैशाख २०८०, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप