एसीसी प्रिमियर कप: नेपाललाई मलेसियाको मध्यम लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १२ : ५९
एसीसी प्रिमियर कप: नेपाललाई मलेसियाको मध्यम लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई मध्यम लक्ष्य दिएको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको छ । मलेसियाका लागि अहमद फैजले अर्धशतकिय पारी खेले । उनले ९५ बलमा ८ चौका र १ छक्काको मद्धतमा ७६ रनको योगदान गरे । ओपनरद्पय मोहम्मद अमिर र विरनदीप सिंहले क्रमश: १७ र ४६ रनको जोडे । 

विजय उन्नीले १२ रन, सैयद अजिजले १३ रन, मोहम्मद स्याहदतले १५ रन, खिजर हयातले २२ रन, मुहम्मद वाफिकले १ रन, स्याजरुल इद्रुसले २१ रन बनाए । फित्री शाम शून्यमै आउट भए ।नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले तीन-तीन विकेट लिँदा ललित राजवंशीले दुई विकेट लिए । गुलसन झाकाे नाममा एक/एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस