डिएनए परीक्षणबाट पुरुषलाई छुटकारा, महिला भन्छिन्- मेरो सन्तानको बाबु ऊ शिवाय अरु कोही होइन

विहीबार, ०३ साउन २०७५, १६ : २७
डिएनए परीक्षणबाट पुरुषलाई छुटकारा, महिला भन्छिन्- मेरो सन्तानको बाबु ऊ शिवाय अरु कोही होइन

फाइल फोटो

गुल्मी  । गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धामध्य हालसम्म ४ पुरुषले आफ्नो सन्तान भएको अस्वीकार गरी डिएनए परीक्षणको माग गरेका छन् ।

त्यसमध्य डिएनए परीक्षणले एक जना पुरुषको मात्रै दावी प्रमाणित भएको छ । रिर्पोट अरु तिन जना महिलाको पक्षमा आउन सकेन । त्यस परीक्षण कै आधार मानेर मुद्धा फैसला हुने हो भने ति कुमारी आमा अपत्र पर्ने देखिएको छ ।

जिल्लामा लामो समयदेखि कानुन व्यवसायी रहँदै आएका विष्णुप्रसाद वलाल भन्छन, ‘डिएनए विज्ञानको कुरा भयो । अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट लिएको राय हो त्यो ।

डिएनए विज्ञानको एउटा प्रमाण हुन सक्छ । तर त्यो नै प्रमाण नमान्न सक्छ । त्यसको विपक्षीमा फैसला गर्नु परे अरु थुप्रै परिस्थितीजन्य प्रमाणहरु अदालतले जुटाउनु पर्ने हुन्छ । अर्का अधिवक्ता गोपाल खनाल पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सर्वोच्चबाटै यस्तो नजिर रहन गएको धारणा राख्छन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंले गत साउन महिनादेखि असार मसान्तसम्म देशभरका २३ वटा डिएनए परीक्षण गरिएको जानकारी दियो । त्यस प्रयोगशालाका प्रमुख बैज्ञानिक दिनेशकुमार झाले भने, ‘गत आर्थिक वर्षमा २३ वटा परीक्षण भएको मध्ये १२ वटा आमाको पक्षमा र ११ वटा पुरुषको पक्षमा रिर्पोट आएको छ ।’

अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसल गर्ने हो भने अब ती ११ महिलाले आफ्ना सन्तानको वावु खोज्न कहाँ जाने ? त्यस्तै ति महिलाहरु एक भन्दा बढि पुरुषसंग शारीरिक सम्पर्क राखेको भन्दै समाजमा उनीहरुको चरित्र हत्या समेत हुने देखिएको छ ।

गुल्मीमा डिएनए परीक्षणबाट सन्तान दावी हुन नसकेकी महिला भन्छिन, ‘मेरो सन्तानको वावु उ शिवाय अरु कोही होइन । खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन ।’ उनले आरोप लगाएका ति पुरुष भन्छन डिएनएले मलाई न्याय दियो । ति महिलाका सन्तान अहिले १५ वर्षको उमेरसम्म बावुबाट बेवरिसे बनेका छन ।

प्रतिक्रिया दिनुहोस