काठमाडौँ । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्यास व्यवसायी र सरकारबिच सहमति, १५ दिनका लागि आन्दोलन स्थगित
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?
प्रतिवेदन सार्वजनिक नगरेकोमा अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर