काठमाडौँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।
सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ चैत्र २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो
गृहमन्त्री रवि लामिछानेद्वारा आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल
मिटरब्याज पीडित वार्ता समितिका संयोजकसहित १३ जना बालुवाटारबाट पक्राउ
पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमालेको माग