काठमाडौँ । सरकारी प्रतिनिधि र आन्दोलनरत मिटरब्याज पीडितका प्रतिनिधिबीच सोमबार भएको वार्ता सकारात्मक भएको छ । गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले सोमबार दोस्रो दिन पीडितहरुसँग गरेको वार्तामा दुवै पक्षले आआफ्ना धारणा राखेको पीडितहरुले बताएका छन् ।
त्यसक्रममा पीडितहरुले यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेश गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको पीडित पक्षका मृग नबिनले जानकारी दिए ।
उनका अनुसार वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको छ । उनले वार्ता संवाद जारी राख्दै निर्णायक चरणको आन्दोलन पनि गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ चैत्र २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछाने र मिटरब्याज पीडितबीच छलफल
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो
गृहमन्त्री रवि लामिछानेद्वारा आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल
मिटरब्याज पीडित वार्ता समितिका संयोजकसहित १३ जना बालुवाटारबाट पक्राउ
पक्राउ परेका मिटरब्याज पीडितलाई रिहा गर्न एमालेको माग