गोरखामा पहिरो जाँदा ८ महिने बालकसहित ३ को मृत्यु

बुधबार, ०२ साउन २०७५, ११ : ५५
गोरखामा पहिरो जाँदा ८ महिने बालकसहित ३ को मृत्यु

फाइल फोटो

गोरखा। गोरखाको शहीद लखन गाँउपालिका ६ अन्तेरीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ।

गोरखा प्रहरी प्रमुख एसपी विमल बस्नेतका अनुसार मंगलबार राति २ बजेतिर स्थानीय नवराज कुँवरको घरलाई पहिरोले पुरेको हो।

पहिरोमा परी कुँवरकी भान्जी २१ वर्षीया सरु कुँवर, उनका ८ महिने छोरा र ११ वर्षीया प्रविना कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू साउने संक्रान्ती मनाउन कुँवरको घरमा आएका थिए।

प्रतिक्रिया दिनुहोस