उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन्: पूर्ण बस्नेत

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १५ : २८
उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन्: पूर्ण बस्नेत

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने बताएका छन् ।उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका छन् ।उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशीताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेल जीवन व्यतित गरेका छन् । राजनीतिक मुद्दा खेपेका छन् ।  यिनी जनताको खातीर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन्, बस्नेतले भने ।

उनी परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक हुन् । मधेस र पहाडलाई भावनात्मक रुपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान छ, बस्नेतले बताए ।  बस्नेतले भने, उपेन्द्र यादवले कहिल्यै गुनासो गर्दैनन् । हारदेखि भाग्ने र जितमा मात्तिने यिनको स्वभाव छैन । यिनको एउटै उद्देश्य छ, उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति । नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिन्छ। जनताको साथ, सहयोगले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् ।

प्रतिक्रिया दिनुहोस