जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपरौं : पूर्ण बस्नेत

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, ११ : ४४
जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपरौं : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीका नेता नै महाधिवेशन रोक्न लागिपरेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै प्रमुख बस्नेतले जसपा र जसपा नेपालबारे सर्वोच्च अदालतले गरेको निर्णयबारे जानकार रहन अनुरोध गरेका छन् ।

‘अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको मिति २०८१ बैशाख २४ गतेको निर्णयलाई सर्वोच्च अदालतले यथास्थितिमा राख्नू भनि मिति २०८१ जेठ २ गते अल्पकालिन अन्तरिम आदेश दिएको छ भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्) ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ । यससँगै विधिवत् रुपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल हुन्छ,’– बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस