पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन् : मन्त्री सुदन किराती

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १४ : २२
पशुपति क्षेत्र विकास कोषका पदाधिकारी जता कमिसन उतै लाग्ने रैछन् : मन्त्री सुदन किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताएका छन् ।पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताएका हुन् ।

पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनले सुनाए। विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त !’ उनले भने ।पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उनको भनाइ छ ।

त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।उनले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर ˆयाँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस