काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले यसअघि मन्त्री बन्दिनँ भनेको र अहिले उपप्रधानमन्त्री बनेको बताएका छन् ।यसअघि नै सार्वजनिक कार्यक्रमहरुमा उनले आफू पटक पटक मन्त्री भएकाले अब फेरि मन्त्री नबन्ने भन्दै आएका थिए ।
उनको त्यही भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना पनि भइरहेको छ ।‘मन्त्री खान्न भन्नुभयो, मन्त्री बन्दिनँ भन्नुभयो, तर फेरि मन्त्री बन्नुभयो भनेर सामाजिक सञ्लमा आइरहेको छ,’ उनले प्रश्न गरे, ‘मैंले उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भनेको हो, यो कुरामा म अहिले पनि अडिग नै छु ।’उपप्रधानमन्त्री नपाएको भए आफू अहिलेको सरकारमा सहभागी नहुने पनि उनले बताए ।
शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पत्रकारसित कुरा गर्दै उनले भने, ‘अहिले म मन्त्री मात्र बनिरहेको छैन, अहिले म मुलुकको उपप्रधानमन्त्री छु भन्ने कुरा मेरा शुभचिन्तकहरु, साथीहरू, सामाजिक सञ्लालमा मेराबारेमा टिप्पणी गर्ने सबै मित्रहरुलाई स्पष्ट पार्न चाहन्छु म मन्त्री मात्रै बन्थिनँ ।’पछिल्लो सात वर्षमा नेताहरुले मन्त्री प्रस्ताव गर्दा आफूले मन्त्री मात्र नबन्ने बताएकाे र अहिले उपप्रधानमन्त्री पनि बन्ने स्थिति आएपछि उपप्रधानमन्त्रीसहित रक्षामन्त्रीको जिम्मेवारी लिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले संयन्त्रको संयोजनको जिम्मा पुनः खड्कालाई
भेरी किनारमा बन्ने आधुनिक सहरको भवन शिलान्यास
नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्काबीच भलाकुसारी
निजामती कर्मचारीको शिर झुक्ने गरी ऐन पारित हुन दिन्नौं : पूर्णबहादुर खड्का
मैले अहिलेसम्म आक्षेप र टकरावको राजनीति गरेको छैन : उपप्रधानमन्त्री खड्का
रक्षा मन्त्री खड्काद्वारा सैनिक इकाइहरुको भ्रमण