काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बैंकले हालै मात्र उक्त पूर्वाधारको सफलतापूर्वक कार्यान्वयन गरी बैंकको भुक्तानी प्रणालीमा आबद्ध गरेको जानकारी दिएको छ ।
डिजिटल कारोबारमा आम ग्राहकको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त नयाँ व्यवस्था गरेको जनाएको छ ।
यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटीएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने जनाइएको छ । ‘डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसात गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको उच्चतम सदुपयोग गरी आम ग्राहक माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा वहाँहरुको दैनिक बैंकिङ्ग अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुन्छ’, बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ चैत्र २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै
कर्जा असुली र सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट