महोत्तरीमा दुई समूहबीच झगडा हुँदा ११ जना गम्भीर घाइते

सोमबार, ३२ असार २०७५, १० : ४२
महोत्तरीमा दुई समूहबीच झगडा हुँदा ११ जना गम्भीर घाइते

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।
त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ । -रासस

प्रतिक्रिया दिनुहोस