चितवन। जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा छ जना घाइते भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भएको आगलागीमा परी उनीहरू घाइते भएका हुन् ।चालु आवमा जिल्लामा ३३ स्थानमा आगलागी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार विभिन्न स्थानमा भएको आगलागीमा अधिकांश मानवीय त्रुटिका कारण भएको देखिएको छ ।
कार्यालयको विपद् व्यवस्थापन शाखाका अनुसार गत आवमा जिल्लामा ४४ स्थानमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । आगलागीको समय सुरु हुन लागेकाले सबैलाई सजग रहन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अनुरोध गरे। उनले जिल्लामा अहिले आपत्कालीन कार्य योजना निर्माणको काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन कार्यालय, सुरक्षा निकायका सबै अङ्ग, सामुदायिक वन महासङ्घ, रेडक्रस जस्ता संस्थाको सहभागितामा कार्य योजना निर्माणको काम भइरहेको छ ।’ चैत १५ गतेसम्म कार्य योजना तयार हुने जनाउँदै उनले यो कार्यान्वयनमा आएसँगै आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न सहज हुने बताए ।
गर्मी मौसम बढेसँगै विभिन्न कारणले आगलागी हुने गरेकाले यसको नियन्त्रणका लागि जनचेतना महत्त्वपूर्ण हुने उनको भनाइ छ । स्थानीय प्रशासनले जिल्लामा रहेका सात पालिकालाई नै जनचेतनाका कार्यक्रमका लागि आग्रह गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘हामीले पूर्व तयारी गरिरहेका छौँ ।’ पालिकामा रहेका दमकल, एम्बुलेन्स र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको उनले बताए । मौसममा आएको परिवर्तनसँगै हुने हावाहुरी, डढेलो र चट्याङ जस्ता कारणले आगलागी बढी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन तनावग्रस्तः मुठभेडमा २० भन्दा बढी प्रहरी घाइते, रास्वपातर्फ कति ?
चितवनमा रविका समर्थकद्वारा प्रदर्शन
चितवनलाई चिनाएको क्यान्सर अस्पताल
चितवन खाद्यान्नमा आत्मनिर्भर
मेडिकल सिटीको रुपमा विकास भएसँगै चितवनबाट काठमाडौँ जाने बिरामी घटे
नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार