काठमाडौं । नेकपा माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो।
संसदीय दल नेता हरिबहादुर चुमानले आफूहरूले आज गण्डकी सरकार छाड्ने सेतोपाटीलाई बताए। ‘हामीले आज सरकार छोड्छौं। बसेर काम नै छैन, केन्द्रमा अर्कै समीकरण बनेको छ,’ भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका उनले भने, ‘संसदीय दल बैठकबाट सरकार छाड्ने औपचारिक निर्णय गर्छौं।’
उनले नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति बनेको पनि बताए। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए।
माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
यहाँ एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सांसद छन्। राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
गण्डकीका भौतिक मन्त्री केसीद्वारा सय दिनको उपलब्धि सार्वजनिक
साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक
गण्डकीमा एमालेबाट नियुक्त ४ जना मन्त्रीले लिए शपथ
गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम
एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै