विराटनगर । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका विवेक कार्की निर्वाचित भएका हुन् ।
कार्कीले ६५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुकी प्रीति दाहालले ३२५ मत पाएकी छिन् । दाहाल माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, राप्रपाको राप्रविसंघ, नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू र जसपाको समाजवादी विद्यार्थी युनियनका तर्फबाट संयुक्त उम्मेदवार हुन् ।
यस्तै सचिवमा नेविसंघका देवेन्द्र पौडेल ५९५ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका थानेश्वर अधिकारीले ३७० मत प्राप्त गरे । यस्तै कोषाध्यक्षमा भुवन श्रेष्ठ, सदस्यहरूमा सुजन शंकर, दिपेश चौधरी, अन्जना न्यौपाने, सन्दीप बुढाथोकी, शुसिला कार्की, कहना विक, विनिता गौतम र विराट थापा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकप्रियता र कार्ययोजना हेरेर स्ववियुमा उम्मेदवार बनाउन नेविसंघमा माग
नेविसंघको विधान मस्यौदा समितिले संशोधित विधान बुझायो
सदनमा सत्तारूढ दलले असंसदीय व्यवहार देखायो : नेविसंघ
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन
आगामी पुस मसान्तभित्र महाधिवेशन गर्ने नेविसंघको निर्णय