भक्तपुर । उपराष्टपतिको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालयमा शुक्रबार बसेको केन्द्रिय सचिवालयको बैठकले पार्टीका सांसदहरुलाई निर्वाचनमा भाग नलिन निर्देशन दिने निर्णय गरेकाे हाे ।
एमसीसी खारेज गर्न भूमिका खेल्नेलगायतका विषयमा कुनै पनि पार्टीको कुनै पनि उम्मेदवारले प्रतिवद्धता नजनाएकाले चुनावमा सहभागी नहुने निर्णय गरिएको पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिए ।
उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
उपराष्ट्रपति यादव अस्पताल भर्ना
मलावीका उपराष्ट्रपति चढेको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी