काठमाडाैं । भारतीय सेनाको चीता हेलिकप्टर अरुणाचल प्रदेशको मंडला पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । पाइलटहरूको खोजीका लागि सर्च अपरेशन शुरू गरिसकिएको छ । हेलिकप्टर सेन्गेबाट मिसामारीतर्फ गइरहेको थियो । त्यसमा पाइलट र कोपाइलट मात्र थिए । गुवाहाटीका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले बिहीवार बिहान लगभग ९ः१५ तिर हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग टुटेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १४ : ४४
लेखकबाट थप