काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा सुरूवात भएको क्षेत्रिय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए ।
मन्त्री किराँतीले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने उल्लेख गरे।
उनले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रिय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन प्रवर्द्धनमार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्नको लागि सही सूचना र तथ्यांक आवश्यक पर्ने बताए ।
मन्त्री किराँतीले सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको बताए। उनले नेपालको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक र हाम्रो आन्तरिक तथ्यांकमा अन्तर देखिएको भन्दै यसका लागि नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा काम गरिरहेको स्पष्ट पारे ।
मन्त्री किराँतीले पर्यटन क्षेत्रमा प्राप्त लाभको समानजनक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरुको विकास, बिस्तार एवं विविधिकरण गर्ने पर्यटन प्रवर्द्धन गर्न र पर्यटकहलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तरको सुनिश्चित गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्न जरुरी रहेको बताए । उनले पर्यटन उद्योगमा देखिएका चुनौतिहरुको सम्बोधन गर्नका लागि सरकार निजी क्षेत्र तथा गैह्रसरकारी क्षेत्र समेतको संयुक्त लगानी तथा साझेदारी, तत्परता र सोचमा परिवर्तनको आवश्यक्ता रहेको बताए ।
बुधबारबाट सुरू भएको कार्यशाला गोष्ठी तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ चैत्र २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती