एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले आफ्नो शिर्षस्थान कायमै राखेको छ।
आइतबार राती भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै शिर्षस्थान कायमै राखेको हो ।
सो जीतसँगै शीर्ष स्थानमा थप ५ अङ्कसहित आर्सनल उपाधीको होड कायमै राख्न सफल भएको छ । दोस्रो स्थानको सिटीसँगको अग्रता फराकिलो पार्न जित्नै पर्ने खेलमा आर्सनलले सो जीत हासिल गरेको हो ।
आर्सनलका लागि गाब्रियलले पहिलो हाफको २१ औ मिनेटमा पहिलो गोल गर्दै टिमालाई सुरुवाती अग्रता दिलाए। मार्टिनेलीले २६ औ मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल मार्टिन ओडेगार्डका नाममा रह्यो।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। आर्सनलको सो जीतमा तीनै गोलका लागि लिएन्ड्रो ट्रोसार्डले एसिस्ट गरेका थिए।
यस जितसँगै शीर्षस्थानको आर्सनलको २६ खेलबाट ६६ अंक पुगेको छ । आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । सिटीको ६१ अंक छ । पराजित फुलहम ३९ अंक जोडेर आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ फागुन २०७९, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल