काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका छन् । माओवादी धारका दलहरुले आइतबार गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण हुन नसकेको आरोप लगाएका हुन् ।
एमालेकै कारण अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकिएको आरोप लगाएका उनले शान्ति प्रक्रिया टुंग्याउने विषयमा एमालेले लगातार नकारात्मक धारणा राख्दै आएको दाबी गरे ।
एमालेकै कारण सर्वोच्च अदालतको आदेशपछि संसदमा दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ
टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ
समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको छ : देव गुरुङ