रोहितको अर्धशतकमा युएईलाई नेपालको मध्यम लक्ष्य

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, १३ : ३६
रोहितको अर्धशतकमा युएईलाई नेपालको मध्यम लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाउँदै २४८ रन बनाएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकिय पारी खेले । आरिस शेखले ४३ रन जोड्दा भीम सार्किले २७ रनको योगदान गरे ।दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । गुलसन झाले ३२ बलमा ३७ रन बनाए । झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए ।युएईका लागि जाहोर फरिद,रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस