काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डंगोललाई जिम्मेवारी दिएको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसंघको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन्।
अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।
नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ