काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।
यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
निर्वाचनका लागि देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी भएको थियो । सो क्रममा केही क्याम्पसमा विवाद समेत भएका थिए ।
स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने त्रिविले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ फागुन २०७९, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित