काठमाडौँ। सरकारले शिक्षकको आन्दोलनलाई आलटाल गरिरहेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले लगाएका छन्।
आज (शनिवार) सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लामो समयदेखि शीघ्र शिक्षा विधेयक ल्याइयोस् भनी आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्न आगामी संसद् अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सशक्त प्रस्तुत हुन केन्द्रीय समितिले संसदीय दललाई निर्देशन गरिएको विदितै छ, ‘ विधेयक त पक्का पनि सदनबाटै ल्याउने हो। तर आन्दोलनरत शिक्षक संघ सङ्गठनलाई यो विषयमा विश्वस्त पार्ने काम सरकारको हो।’
‘आन्दोलनमा रहेका शिक्षकहरू स्वयं ‘हाम्रो बच्चा बोर्डिङले लगिसक्यो’ भन्ने गीत गाइरहनुभएको छ। शिक्षकहरूमा देखिएको यो चिन्ता सरकारमा देखिएन,’ बुर्लाकोटीले लेखेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर त्यसको संवाद गरी साङ्गोपाङ्गो लगाउने जिम्मा सरकारकै हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १३ : ५०
लेखकबाट थप