काठमाडौँ । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी बढुवाका लागि सिफारिस भएका हुन् । गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको हो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।
एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा सिफारिस गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।
आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । यद्यपि यहीबीच सरकारले ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको गृहकार्यसमेत गरिरहेको छ । यदि ऐन संशोधन भए अवकाशमा जान लागेका अधिकारीहरूको अवधि थपिन्छ । उनीहरूको अवकाशपछि मात्रै बढुवा सिफारिस भएका मध्येबाट भावी महानिरीक्षक बन्ने बाटो खुल्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजदूतको सिफारिसमा परेकाहरूसँग संसदीय सुनुवाइ सुरु
इलाम–२ मा राप्रपाका ३ उम्मेदवार सिफारिस