काठमाडौँ । मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने समितिले जनाएको छ ।
संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आज ४ जनालाई बोलाएको छ । समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकको सुरुमा चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओलीले समिति समक्ष आफ्नो कार्य योजना प्रस्तुत गरिरहेका छन् ।
पहिलो दिन सुनुवाइका लागि चीन, भारत, जर्मनी र डेनमार्कका लागि राजदूतमा प्रस्तावितहरूलाई बोलाइएको छ । समितिमा चार व्यक्ति लक्षित र ५ सैद्धान्तिक गरी ९ उजुरी परेका छन् । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्रा. डा. कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १२ : २६
लेखकबाट थप