काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थालेको बताएको छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले एक विज्ञप्ति जारी गर्दै देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने विरुद्ध सङ्घर्षमा उत्रिने बताएकी छन् ।
प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दायर गर्नु गम्भीर ध्यानाकर्षण भएको सिंहले बताइकी छन् । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाउनु पर्ने सिंहले बताइन् । ‘हामी चाहन्छौँ द्वन्द्वकालीन मुद्दाहरूको बारेमा सत्य निरूपण आयोग र बेपत्ता आयोग मार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस्’ विज्ञप्तिमा भनिएको छ,‘तर विभिन्न बहनामा हिजो टिआरसी विधेयक रोकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नदिने को हुन हामीले चिनेका छौँ । आज तीनै शक्तिहरू फेरी सक्रिय हुन खोजिरहेका छन् । देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न अखिल क्रान्तिकारी सधैँ तयार छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी