काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् ।
बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्धा नक्कल गरिएको बताए ।
‘उनले भने, अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ,राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ फागुन २०७९, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौशाला धर्मशाला विवाद : पर्यटनमन्त्रीले बोलाएको कोष सञ्चालक परिषद्को बैठक स्थगित
गौशाला धर्मशाला विवाद: पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक
सहरी विकासमन्त्रीलाई एमालेको नौ बुँदे पत्र
बालेन र वडा अध्यक्षबीच विवाद- नगरसभा स्थगित
कृष्ण कँडेलले गरे शर्मिला श्रेष्ठविरुद्ध बेइज्जतीको मुद्दा दर्ता
चितवन काँग्रेसमा विवाद , जिल्ला सभापतिको कार्यशैली तानाशाह भएको आरोप