एजेन्सी । लन्डन क्लब आर्सनलले सानदार जित दर्ता गर्दा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकालेको हो।
आर्सनललाई जिताउन गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक(एक गोल गरे। घरेलु मैदान इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति ४०औं मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले सुरूआती अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।
७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए। त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जित निश्चित गरे ।
यो जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि ५ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ। आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ। समान खेलबाटै सिटीको ५५ अंक छ। यता पराजित एभर्टनलाई रेलिगेसन खतरा बढेको छ। एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल