काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मनत्र खेल्नुपर्खेछ ।
छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।
उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् । यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ ।
जसका तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् । त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ । नेपालले ओलम्पिक तयारी अन्तर्गत भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरिस ओलम्पिक महिला फुटबलमा कुनकुन देश सहभागी हुँदैछन् ?