काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आज (बिहीबार) देखि सुरु हुँदैछ। च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे सुरु हुनेछ। उद्घाटनअघि सांस्कृतिक कार्यक्रम हुनेछ। प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै
एनआरटी केपी ओली कपको सेमिफाइनलमा
केपी ओली कपको उपाधि जित्न १३६ रनको लक्ष्य पच्छ्याउँदै आर्मी
बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश
केपी ओली कप : ८ विकेटले मधेश प्रदेशले सुदूरपश्चिमलाई हरायो