काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उनले भने, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”
अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ फागुन २०७९, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन : उपकुलपति बस्नेत