बाँके । बाँकेको नेपालगञ्जबाट करिब पाँच लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरुको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ ।
रानाका साथबाट ४१८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाइको साथबाट १५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट बरामद गरिएको छ । नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनैजनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा
५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउँदै
ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ
असोज १३ देखि दशैका लागि सुकिला नोट साट्न पाइने
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने
दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द