काठमाडौं। नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सोमबार सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा भएको बैठकमा पृतनापतिहरुले वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, अपरेशनल अवस्था लगायत विषयको रिपोर्ट प्रधान सेनापति प्रभुराम शर्मासमक्ष पेश गरेका थिए ।
यस्तै कमाण्ड प्रतिबद्धताको प्रगति प्रतिवेदन, नेपाली सेनाको भिजन २०३० कार्यान्वयनको अवस्था, संचालित तालिमहरुको प्रभावकारिता, पृतना पुनर्स्थापना भएपश्चात कमाण्ड कन्ट्रोल र समन्वयको प्रभावकारिता तथा गत भाद्र महिनामा सम्पन्न कमाण्ड सेनापति समन्वयात्मक बैठकको मिनट्समा उल्लेख भएका विषयहरुको प्रगति सम्बन्धमा समेत बैठकमा गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
समापन समारोहमा प्रधान सेनापति शर्माले बैठकले वर्तमान परिस्थितिका साथै भविष्यमा आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए ।
उनले आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यो बैठक सहयोगी सिद्ध हुने बताउँदै पृतनास्तरमा हालसम्म भएका प्रभावकारी कार्यहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए ।
आठवटै पृतनाका पृतनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरु तथा सम्बन्धित बाहिनीपतिहरुको उपस्थिती रहेको उक्त समन्वयात्मक बैठकबाट निकालिएको निष्कर्षका आधारमा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देशन गर्ने नेपाली सेनाले विश्वास लिएको छ । बैठक आइतबारदेखि सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी