काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन् ।
छ । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताए । “मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ”, उनले भने । सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसङ्ग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रुपमा जान नसकेको आरोप लगाए ।
सङ्घीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ थियो । कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई साथ र सहयोग गर्ने उद्देश्यअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, १६ : ०६
लेखकबाट थप