रौतहट। जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झड़प हुँदा एक महिला को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतिले बताए ।
घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको थियो । खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गएर उसको श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताए ।
यादवको कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै ईलाका प्रहरी कार्यालय मौलापुरबाट ईन्स्पेक्टर नन्दकिशोर चौहानको नेतृत्वमा गएको टोलीले भोला यादव परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुख्य आरोपी भोला यादव भने घटनालगतै फरार भएका थिए। पक्राउ परेका तीनै जना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको, फरार भोलाको खोजी भैरहेको प्रहरीले जनाएको छ । रौतहटका १८ वटै स्थानीय तहलाई केही बर्ष अघि नै खुल्ला दिशामुक्त घोषणा भएपनि हालसम्म कयौं घरमा शौचालय छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते