‘जे बोल्छौ, त्यो गर्छौ’ भन्ने कुरा स्थापित भएको छ : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २० माघ २०७९, १७ : ११
‘जे बोल्छौ, त्यो गर्छौ’ भन्ने कुरा स्थापित भएको छ :  मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘जे बोल्छौ, त्यो गर्छौ’ भन्ने कुरा भरतपुरमा स्थापित भइसकेको बताउनु भएको छ ।

भरतपुर–६ पारस नगरमा रहेको सहिद स्मृति माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासमा गरेका प्रतिवद्धता अनुसार कामहरु सम्पन्न हुँदै गएको उल्लेख गर्नुभयो ।

मेयर दाहालले विगत ५ वर्षमा जनतासँग गरेका बाचा अनुसार भरतपुरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतको काम अगाडि बढेर धेरै सम्पन्न भईसेकेका छन् भने बाँकी सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो ।

मेयर दाहालले विगत ५ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार जना विद्यार्थी थप भएको भन्दै सामुदायिक विद्यालयलाई आर्कषणको केन्द्र बनाउन सफल भएको जिकिर गर्नुभयो ।

उहाँले मध्यामिक तहसम्म स्थानीय तहको दायित्व भएकाले यसको चौतर्फी विकासमा महानगरपालिका सधैव अग्रसर रहेको बताउनुभयो ।
सहिद स्मृति मध्यामिक विद्यालयको बारेमा बोल्दै मेयर दाहालले जिल्लामा चौथो र भरतपुरमा तेस्रो स्थान हासिल हुनु विद्यालयको शैक्षिक गुणस्तर पूर्ण रुपमा उकृष्ट छ भन्ने प्रमाण पेश गरेको पनि बताउनुभयो ।

कक्षा नर्सरीदेखि १२ सम्म अंग्रजी माध्यमा अध्यापन हुने सहिद स्मृति विद्यालय पारस नगरमा विद्यार्थीको आर्कषण राम्रो देखिएको छ । विद्यालयलाई थप पूर्वाधारहरु पनि आवश्यक परेको विद्यालयको भनाई छ ।


यसैबीच भतरपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको महानगरको आर्थिक सहयोगमा नवनिर्मित ४ कोठे भवन तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संसद कोषबाट र्निमित कम्पाउण्डसहितको गेटको उद्घाटन गर्नुभयो ।

मेयर दाहालले विद्यालयको थप भवन निर्माण गर्न आर्थिक सहयोग हुने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस