सौराहामा निर्माण हुँदै पर्यटकीय मार्ग

रासस

विहीबार, १९ माघ २०७९, १५ : २३
सौराहामा निर्माण हुँदै पर्यटकीय मार्ग

चितवन । चितवनको सौराहामा पर्यटकीयमार्ग निर्माण हुने भएको छ । सौराहाको ड्याकदेखि मगरटोलसम्म निर्माण हुने नमूना पर्यटकीयमार्गको बुधबार शिलान्यास गरिएको हो ।

नेपाल सरकार, सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत् सौराहा बजार सौन्दर्यीकरण अन्तर्गत पर्ने सो मार्गको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रह्लाद सापकोटाले शिलान्यास गरे । उनले तेस्रो पर्यटकीय गन्तव्यका रूपमा परिचत सौराहाको भौतिक पूर्वाधारको गति ३० वर्ष अघिकै अवस्थामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन साइकल लेन, नाला, हरियाली पार्क र फुटपाथसहित १५ मिटर चौडाइ र करिब एक हजार ५०० मिटर लम्बाइको सडक बनाउन लागिएको बताए ।

कूल रू १४ करोड २४ लाखको लागतमा पदमार्ग निर्माणको ठेक्का सम्झौता भइसकेको छ । “सौराहाको पर्यापर्यटनका लागि रत्ननगर नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ । हामी सबै मिलेर दोस्रो पर्यटकीय गन्तव्य बनाउन लाग्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस