एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर–मेरीले एक–एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको पीएसजीले तीन वटै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५५औं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको ७२औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
खेलको ८९ औं मिनेटमा मोन्टपेलिरका लागि नोर्दिनले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा वारेनले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मोन्टपेलिर २० अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ माघ २०७९, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसजीविरुद्ध आर्सनल २–० ले विजयी
फेन्च लिगमा पीएसजीको ६-० गोलको जित
पीएसजीले १६औं पटक जित्यो फ्रेन्च कपको उपाधि
पीएसजी छाड्ने एम्बाप्पेको घोषणा
पीएसजीलाई लगातार तेस्रो उपाधि
लगातार तेस्रो उपाधि नजिक पीएसजी