काठमाडौं । ५ चैतका लागि घोषणा गरेको स्ववियु निर्वाचनमा २७ फागुनमा उम्मेदवारी दर्ता भएमा २८ फागुन ०५१ र त्यसपछि जन्मेकाले मात्र उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनसम्बन्धी यस्तो आचारसंहिता तयार गरेको छ ।
यो मस्यौदा त्रिवि कार्यकारी परिषद्बाट पारित भएपछि कार्यान्वयन हुनेछ । समितिले तयार गरेको मस्यौदामा २१ विद्यार्थी संगठनसँग त्रिविका पदाधिकारीसहित छलफल भएको थियो । विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक प्रा.डा. पशुपति अधिकारीले २१ संगठनसँग छलफल गरेको र सुझाव समेटेर केही दिनमै त्रिवि कार्यकारी परिषद्बाट आचारसंहिता पारित हुने बताए ।
आचारसंहितामा २८ वर्षे उमेरहद, मिश्रित निर्वाचन प्रणालीलगायत व्यवस्थाले निरन्तरता पाएको उनको भनाइ छ । पदाधिकारीमध्ये अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । आचारसंहिताअनुसार विद्यार्थीको संख्याअनुसार स्ववियु कार्यसमिति निर्माण हुनेछ । दुई सयसम्म विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय, हजारसम्म १३, तीन हजारसम्म १५, पाँच हजारसम्म १९ र पाँच हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा समेत स्ववियु चुनाव भएको थियो । ०७३ मा केही क्याम्पसमा चुनाव भए पनि ती क्याम्पसमा तेस्रोपटक चुनाव हुनुपर्ने समय गुज्रिसक्दासमेत स्ववियु हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित