बुटवल । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीका माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । साथै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत समेत नदिने अडान उनले राखिन्।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले रेशम चौंधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहा नगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताइन् ।
आज (शनिबार) बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताइन् । आफ्नो पार्टीको माग र मुद्धा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टिकरण थियो ।
उनले भनिन्, ‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्धा सरकारले सम्बोधन गर्दैन । तवसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं । सुदूरपश्चिम प्रदेशमा हामीले मुख्यमन्त्रीलाई चाँही समर्थन गरेका छौ। र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस् भन्ने हाम्रो पार्टीको चाहना पनि रहेको छ । टिकापुरका राजबन्दीहरुलाई रिहाई गर्ने सरकारले भनिरहेको छ । र, हामीले पनि यही कुरामा अडान लिएका छौं । टिकापुरका निर्दोष थारुहरुलाई रिहाई गर्नुस्, हामी सरकारमा जान्छौं भनिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश