एजेन्सी । भारतले आज विभिन्न कार्यक्रमको आयोजना गरि ७४औँ गणतन्त्र दिवस मनाइरहेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी यस वर्षको प्रमुख अतिथि छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय युद्ध स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। राष्ट्रपति द्रौपदी मुर्मुले चाँडै नै कर्तव्यपथबाट गणतन्त्र दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नेछिन ।
सुरक्षा व्यवस्थाका लागि ६ हजार सैनिक परिचालन गरी कार्यक्रमको व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । कर्तव्य पथलाई करिब १५० सीसीटीभी क्यामेराबाट निगरानी गरिने छ ।
भारतले हरेक २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ । सन् १९५० को २६ जनवरीमा भारत गणतन्त्र घोषित भएको थियो । सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो। भारत सन् १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ माघ २०७९, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा
गणतन्त्र दिवसमा नेपाल टेलिकमको अफर
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक