उपसभामुख राना रास्वपाकाे जिम्मेवारीबाट अलग

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ११ : ३७
उपसभामुख राना रास्वपाकाे जिम्मेवारीबाट अलग

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।

रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् ।

राना सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।