काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन ।शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाएपनि तयार रहेको बताए । उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरु गरेपनि तयार रहेको बताए ।
गृहमन्त्री लामिछानेले भने, ‘उपप्रधानमन्त्रीहरु बन्दै गएका कुराहरु छन् । यसले थप भार पार्ने भन्दा पनि गठबन्धनबाट गर्ने भनिएको हो । हटाउने भए पनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन । अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ । मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन ।’
गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्नेगरी काम गर्ने पनि बताए । साथै उहाँले नेकपा एमालेका सांसद लक्ष्मी महतो ९फरार सूचीमा रहेका० कोइरीलाई चाँडै समात्ने पनि बताए।
उनले भने, हामी नतिजा निकाल्ने गरी काम गर्छौं । प्रहरी प्रशासनले नटेर्ने भन्ने हुँदैन आफ्नो व्याख्या हो । विज्ञप्ती जानकारीका लागि गरिएको हो । के भइरहेको छ भन्ने जानकारी दिन आवश्यक्ता दिनुपर्ने भएकाले हो ।’
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । निवारको संसद बैठकमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए । यसबाट गलत नजिर बस्नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयबाट विदा हुने बेला गृहमन्त्री लामिछानेले के-के भने ?
लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ : गृहमन्त्री लामिछाने
जीबी राईलाई नेपाल ल्याउन प्रयासरत छौं : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको रिट 'हेर्दा हेर्दै' मा
देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु हो : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेद्वारा सय दिनमा कामको सूची सार्वजनिक (पुर्णपाठ)