बुटवल । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।
घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए ।बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुर्खेतमा मिनिबस दुर्घटना, दुई जनाको मृत्यु
मोरङको बुढीगंगामा बस पल्टिँदा १८ जना घाइते
कीर्तिपुरमा बस दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते
पाकिस्तानमा बस दुर्घटनाः २० को मृत्यु, २१ घाइते
मुस्ताङमा विद्यार्थी लिएर गएको गाडी दुर्घटना, २१ जना घाइते
सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु