काठमाडौं। काठमाडौंको कीर्तिपुरमा आइतबार यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ ।
आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास र सुशासनका मुद्दासहित कीर्तिपुरमा चुनावी प्रचार तीव्र